Suvadin, Home

वामगठबन्धनलाई चुनौती दिँदै नेपाली कांग्रेसका हर्क फ्याक निर्वाचित

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको अध्यक्षमा लोकतान्त्रिक गठबन्धनक हर्क फ्याक निर्वचित भएका छन्। वाम गठबन्धनका अध्यक्ष ज्ञानेन्द्र घिमिरेलाई १ सय ७ मतको अन्तरले पछि पार्दै फ्याक ३ वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन्। फ्याकले १ हजार ३ सय ५५ र घिमिरेले १ हजार २ सय ४८ मत प्राप्त गरेका थिए।

देबु बानियाँ झापा, फागुन ६ – काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको अध्यक्षमा लोकतान्त्रिक गठबन्धनक हर्क फ्याक निर्वचित भएका छन्।

वाम गठबन्धनका अध्यक्ष ज्ञानेन्द्र घिमिरेलाई १ सय ७ मतको अन्तरले पछि पार्दै फ्याक ३ वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन्। फ्याकले १ हजार ३ सय ५५ र घिमिरेले १ हजार २ सय ४८ मत प्राप्त गरेका थिए।

यसैगरी, अर्का अध्यक्षका उम्मेद्वार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (लिम्बूवान) का  लिलानाथ आङ्देम्बेले १ सय ४५ मत प्राप्त गरेका थिए। शनिवार सम्पन्न निर्वाचनको मतपरिणाम आइतवार सार्वजनिक भएको थियो।

सार्वजनिक मत परिणाम अनुसार लोकतान्त्रिक गठबन्धनको अध्यक्ष उपाध्यक्ष र कोषाध्यक्ष बाहेक अन्य सबै पदमा वाम गठबन्धनले जित हासिल गरेको छ। वाम गठबन्धनले सचिव, महिल सदस्य र क्षेत्रगत सदस्य पदमा जीत हासिल गरेको छ।

समितिको उपाध्यक्षमा लोकतान्त्रिक गठबन्धनकी शारदाकुमारी पराजुली निर्वाचित भइन्। पराजुलीले वाम गठबन्धनकी लक्ष्मी अधिकारी काफ्लेलाई ३० मतको झिनो अन्तरले पछि पार्दै निर्वाचित भएकी हुन्। पराजुलीले १ हजर ३ सय ७१ र काफ्लेले १ हजार ३ सय ४१ मत प्राप्त गरेका थिए।

सचिवमा वाम गठबन्धनका राजकुमार पराजुली निर्वाचित भएका छन्। पराजुलीले उनका निकटतम प्रतिस्पर्धी दिलीप सुब्बालाई २ सय १६ मतले पछि पार्दै सचिव निर्वाचित भएका थिए।

पराजुलीले १ हजार ४ सय ८८ र सुब्बाले १ हजार २ सय ७२ मत प्राप्त गरेका थिए। कोषाध्यक्ष पदमा लोकतान्तित्रक गठबन्धनका दिलिप सुवेदी निर्वाचित भए। उनले प्रतिस्पर्धी बाम गठबन्धनका गोविन्द गिरीलाई २ सय ४६ मतको अन्तरले पछि पार्दै निर्वाचित भएका हुन्।

सुवेदीले १ हजार ३ सय ६५ र गिरीले १ हजार १ सय २२ मत प्राप्त गरे। यसैगरी, लिम्बूवानका कोषाध्यक्ष विनोदबहादुर लिम्बूले १ सय ४३ मत प्राप्त गरेका थिए।

महिला सदस्यहरुमा बाम गठबन्धनका अनिता गुरगाई र सीता राई निर्वाचित भए। गुरागाईले सदस्यको सर्वाधिक १ हजार ४ सय ७७ मत र राइले १ हजर २ सय ५२ मत प्राप्त गरेका थिए।  

पराजित हुने सदस्यहरुमा लोकतन्त्रिक गठबन्धनका चन्द्र साही र जोस्ना राजवंशी रहेका छन्। शाहीले १ हजार २ सय १९ र राजवंशीले १ हजार १४ मत प्राप्त गरे।

क्षेत्रगत सदस्यहरुमा साविकको मेचीनगर ७, ८ र ९ बाट मिलन विक निर्वाचित भए। उनले घनश्याम ढुङ्गानालाई ४० मतको झिनो अन्तरले पछि पारे। विकले १ हजार ३ सय १ र ढुङ्गानाले १ हजार ३ सय १ मत प्राप्त गरे।

११, १२ र १३ बाट त्रिलोचन तिम्सिना निर्वाचित भए। उनले प्रतिस्पर्धी बमबहादुर खड्कालाई १ सय ७८ मतले पछि पारे। तिम्सिनाले १ हजार ३ सय ६९ र खड्काले १ हजार १ सय ९१ मत प्राप्त गरे।

मेचीनगर १० बाट तिलक तामाङ निर्वाचित भएका छन्। तामाङले प्रतिस्पर्धी दिपक उप्रेती र प्रकाश गुरुङलाई पराजित गरे। तामाङले १ हजार ३ सय ६०, उप्रेतीले १ हजार १५ र गुरुङले २ सय १९ मत प्राप्त गरे।

 


 

More form the Internet

loading...