Suvadin, Home

आज बिहान कलंकीदेखि कोटेश्वरसम्मको सडक आवागमन प्रभावित हुने 

काठमाडौं । दक्षिण एसियाली खेलकुद(साग)का कारण आज (शुक्रबार) काठमाडौं उपत्यकामा सवारीसाधन सञ्चालन प्रभावित हुने भएको छ।

सागअन्तर्गत बिहान ९ बजेदेखि चक्रपथको कलंकीदेखि कोटेश्वरसम्म ‘साइक्लिङ रेस च्याम्पियनसिप’ हुने भएकाले सवारी आवागमन प्रभावित हुने भएको हो।

यसैकारण आज कलंकी-कोटेश्वर सडकखण्डमा ओहोरदोहोर गर्दा सर्भिस लेन प्रयोग गर्न पनि महानगरिय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ। चक्रपथमा गाडी चलाउँदा ख्याल गर्न र सकेसम्म वैकल्पिक बाटो प्रयोग गर्न महाशाखाले आग्रह गरेको छ।

यस्तै शनिबार पनि कलंकीदेखि भक्तपुरको सूर्यविनायक सडकखण्डमा खेल हुनेछ। तसर्थ शनिबार कलंकीदेखि कोटेश्वर र कोटेश्वरदेखि गठ्ठाघर, सल्लाघारी हुँदै जगाती जाने गाडी चालकलाई जडिबुटी, पेप्सीकोला, पुरानो ठिमी, व्याँसी, कमलविनायक, च्यामसिंह हुँदै जगाती जान पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

अति जरुरी नभए गाडी नै नचालाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ। 


 

More form the Internet

loading...