Suvadin, Home

सप्तरीमा बाढीकाे बितण्डाः ८ वर्षीय कमल सदाकाे नियति
हृदय छिया-छिया पारेर अाफ्नै भतिजालार्इ काेशी नदीमा बगाउनु पर्याे (हेर्नुहाेस् तस्वीर)

प्रेमपूर्वक लालनपालन गरी हुर्काएकाे सानाे सन्ततिलार्इ कसैले बगाउन सक्छ? पक्कै सक्दैन। तर, सप्तरीको कोइलाडी–६ का ८ वर्षीय कमल सदाका अभिभावकलार्इ अलग नियति भाेग्नुपर्याे।
काेशीकाे बाढीमा कमल सदालार्इ बगाउँदै उनका काका देवकुमार सदा। तस्वीरः नरेन्द्र श्रेष्ठ/इपीए

सप्तरी, साउन ३० – प्रेमपूर्वक लालनपालन गरी हुर्काएकाे सानाे सन्ततिलार्इ कसैले बगाउन सक्छ? पक्कै सक्दैन। तर, सप्तरीको कोइलाडी–६ का ८ वर्षीय कमल सदाका अभिभावकलार्इ अलग नियति भाेग्नुपर्याे।

यूरोपियन प्रेसफोटो एजेन्सी इपीएका लागि फोटो पत्रकार नरेन्द्र श्रेष्ठले लिएकाे तस्वीर हृदयविदारक छ। निरन्तरको वर्षाका कारण बिरामी परेका थिए, कमल। आइतबार उनकाे मृत्यु भयो।

बालकलाई पुरेर अन्त्येष्टि गर्नुपर्ने संस्कार भएपनि पुर्ने ठाउँ नभएपछि बालक कमलको शव काेशी नदीमा बगाइएकाे छ। उनका काका देवकुमार सदाले कमलकाे शव बगाउँदा लिइएकाे तस्वीरमा कत्ति ठूलाे पीडा छ। जुन शब्दमा बयान गर्नै सकिँदैन।

 


 

More form the Internet

loading...