Suvadin, Home
Nepal life 2.241M

निर्मला हत्या प्रकरणः
एसपी विष्ट, उनका छोरा र मेयरका भतिजाको डीएनए परीक्षण गरिने

त्रिवि शिक्षण अस्पतालमा स्याम्पल लिइएको थियो। स्रोतका अनुसार एसपी विष्टको रगत परीक्षणका लागि पठाइएको छ। प्रहरीका अनुसार भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुस विष्ट, एसपी डिल्लीराज विष्टका छोरा किरणको समेत डीएनए परीक्षणका लागि ‘स्याम्पल’ लिइएको छ।

काठमाडौं, २९ भदाै – कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको प्रकरणमा भएको असफल अनुसन्धान पछि अनुसन्धान पुनः प्रहरीतर्फ नै फर्कीएको छ।

निर्मलाको बलात्कार र हत्यामा शंकाको घेरामा परेका एस पी डिल्लिराज बिष्ट, उनका छोरा किरण बिष्ट र भीमदत्तका मेयरका सुरेश बिष्टका भतिजा आयुष बिष्टसबै ३ जनाको रगत झिकेर आज डि एन ए टेस्ट गर्न विधि विज्ञान प्रयोगशालामा पठाएको प्रहरी प्रवक्ताले जनाएका छन्। यो टेस्टबाट आएको रिजल्ट निर्मलाको डिएनए संग मेल खान्छ/ खादैन त्यसपछि यो मुद्दाले नयाँ मोड लिनेछ। यस अघि हत्याको शंकामा आरोपित दुई जनाको डि एन ए मेल नखाएकोले हिरासतमुक्त भैसकेका छन्।

अनुसन्धानका लागि निलम्बित अवस्थामा रहेका एसपी डिल्लीराज विष्ट, उनका छोरा र भिमदत्त नगरपालिकाका मेयरका भतिजाको डीएनए परीक्षणका लागि नमूना संकलन गरिएको छ।

डीएनए परीक्षणबाट घटनाको प्रभावकारी अनुसन्धान गर्न सकिने भएकाले ‘स्याम्पल’ लिइएको प्रहरीले जनाएको छ।

त्रिवि शिक्षण अस्पतालमा स्याम्पल लिइएको थियो। स्रोतका अनुसार एसपी विष्टको रगत परीक्षणका लागि पठाइएको छ। प्रहरीका अनुसार भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुस विष्ट, एसपी डिल्लीराज विष्टका छोरा किरणको समेत डीएनए परीक्षणका लागि ‘स्याम्पल’ लिइएको छ।

निर्मलाको भेजिनल स्वाबबाट निकालिएको नमुना परीक्षण गर्दा शुक्रकिटको अवशेष भेटिएको थियो। निर्मलाका बुवाआमा र कञ्चनपुरका स्थानीयले उनीहरुलाई अनुसन्धानको दायरामा ल्याउन आग्रह गर्दै आन्दोलन गरेका थिए। प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीका अनुसार उनीहरु तीनजनाकै डीएनए परीक्षण गर्न लागिएको हो। डीएनए परीक्षण पसिना, आँसु, रगत, वीर्यलगायतबाट गर्न सकिन्छ।


 

More form the Internet

loading...