Suvadin, Home

निर्मला हत्या प्रकरणःडिल्ली विष्ट र अंगुर जीसी फरार सूचीमा 

गएको ११ साउनमा साथी रोशनी बमको घर गएकी निर्मला पन्तको भोलीपल्ट बिहान उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शब भेटिएको थियो। हत्याको प्रमाण मेटाउन तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख विष्टले भुमिका खेलेको आरोप छ।

काठमाडौं,२४ फागुन-निर्मला हत्यामा जोडिएका तत्कालीन कञ्चनपुरका एसपी दिल्लीराज विष्ट र डिएसपी अंगुर जिसी बिहीबार पनि अदालतमा उपस्थित नभएपछि अदातलले उनीहरुलाई फरारको सूचीमा राखेको छ। अदालतले विष्ट र जिसीलाई २१ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ।

बिहीबार कञ्चनपुरका तत्कालीन डिएसपी ज्ञान बहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्काको बयान लिइएको छ। उनीहरुलाई प्रमाण नष्ट र यातना सम्बन्धी २ मुद्दामा बयान लिनु पर्ने भएकोले बिहीबार समय अभावले पूरा बयान लिन नसकिएको अदालतले जनाएको छ। उनीहरुसहित अन्य ४ जना प्रहरी हिरासतमा छन्।

गएको ११ साउनमा साथी रोशनी बमको घर गएकी निर्मला पन्तको भोलीपल्ट बिहान उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शब भेटिएको थियो। हत्याको प्रमाण मेटाउन तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख विष्टले भुमिका खेलेको आरोप छ।


 

More form the Internet

loading...