Suvadin, Home

शर्मा र उपाध्याय कान्तिपुरबाट किन बाहिरिए? अब को बन्लान् सम्पादक?

कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा र दी काठमाडौं पोस्टका प्रधान सम्पादक अखिलेश उपाध्यायले आफ्नो पदबाट राजीनामा दिएका छन्। सन् २००८ मा कान्तिपुर दैनिकका सम्पादक नारायण वाग्ले र काठमाडौं पोस्टका प्रतीक प्रधानले राजीनामा दिएपछि सम्पादकको जिम्मेवारी सम्हाल्न पुगेका शर्मा र उपाध्यायले बुधबार औपचारिक रुपमा कान्तिपुर छाडेका हुन्।
सुधीर शर्मा र अखिलेश उपाध्याय।

काठमाडौं, २७ असार – कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा र दी काठमाडौं पोस्टका प्रधान सम्पादक अखिलेश उपाध्यायले आफ्नो पदबाट राजीनामा दिएका छन्।

सन् २००८ मा कान्तिपुर दैनिकका सम्पादक नारायण वाग्ले र काठमाडौं पोस्टका प्रतीक प्रधानले राजीनामा दिएपछि सम्पादकको जिम्मेवारी सम्हाल्न पुगेका शर्मा र उपाध्यायले बुधबार औपचारिक रुपमा कान्तिपुर छाडेका हुन्।

१० वर्षदेखि पत्रिकाको नेतृत्व गरिरहेका शर्मा र उपाध्यायले मंगलबार दिउँसो आफ्ना समकक्षीहरुलाई राजीनामाका विषयमा जानकारी गराएका थिए। कान्तिपुरलार्इ नयाँ उचार्इमा पुर्याउनका लागि प्रधान सम्पादक शर्माको महत्वपूर्ण रहेकाे छ।

कान्तिपुरका मालिक कैलाश सिरोहियासँग केही वर्षयता बढेको मतभेदले झापा मुलथलो रहेका दुवै पत्रकार बिदा भएका हुन्।

यसैबीच, प्रधान सम्पादक शर्माले राजीनामा दिएपछि कान्तिपुरमा सम्पादक रहेका हरिबहादुर थापाले अब पत्रिकाको नेतृत्व गर्ने चर्चा भइरहेको छ।


 

More form the Internet

loading...