Suvadin, Home

२१औँ कार्यपालिका बैठकः भीमदत्तमा दुई कार्य विधि पारित 

भीमदत्त नगरपालिकामा थप दुई कानुन पारित गरिएका छन्। स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नगर कार्यपालिकाको २१ औं बैठकबाट दुई कार्यविधि पारित गरिएके हो।

मदन गिरी, महेन्द्रनगर, १३ असोज – भीमदत्त नगरपालिकामा थप दुई कानुन पारित गरिएका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नगर कार्यपालिकाको २१ औं बैठकबाट दुई कार्यविधि पारित गरिएके हो ।

भीनपा नगर कार्यपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले बैठकबाट भीमदत्त भाषा, साहित्य तथा संस्कृति परिषद् सम्बन्धी कार्यविधि–२०७५ र सार्वजनिक निजी साझेदारी सम्बन्धी कार्यविधि –२०७५ पारित गरिएको बताए।

‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ का आधारमा विधेयक समितिबाट निर्माण गरिएका ती दुबै कार्यविधि आजको बैठकबाट पारित गरेका छाैं’ – नगर कार्यपालिकाका प्रवक्ता पाण्डेयले भने।

त्यस्तै बैठकबाट क्षेत्रीय सहरी विकास आयोजना धनगढीबाट प्राप्त रकमको शीर्षकगत बाँडफाँट, सवारी साधन खरिद लगायतका निर्णय गरिएका छन् । २१ औं कार्यपालिका बैठकबाट पारित दुई सहित भीमदत्तमा ३३ कानुन पुगेका छन्।

यस अघि ३१ कानुन राजपत्रमा प्रकाशित भई सकेका छन् ।  बैठकबाट पारित दुई कार्यविधि कार्यान्वयनका लागि छिट्टै राजपत्र प्रकाशित गरिने  प्रवक्ता पाण्डेयको भनाई छ । 


 

More form the Internet

loading...