Suvadin, Home

Cover Image

पाकिस्तानी मन्त्रीको ट्विटले काश्मीरमा खटिएका सेनामा तरंग

नयाँ दिल्ली । पाकिस्तानका विज्ञान तथा प्रविधिमन्त्री चौधरी फवाद हुसेनले भारतीय सेनामा तैनाथ पञ्चाबी जवानलाई भड्काउने खालको ट्विट गरेका छन् । 

यो ट्विट भारत प्रशासित काश्मीरमा धारा ३७० हटाएको सम्बन्धमा रहेको छ । उनले ट्विट गर्दै भनेका छन्, “म भारतीय सेनाका सबै पञ्जाबी जवानलाई अपील गर्दछु कि उनीहरु अन्याय–जुल्मको हिस्सा बन्न इन्कार गरुन् र काश्मीरमा ड्युटी नगरुन् ।”

उनले यस बारेमा ट्विटर ह्याण्डलमा शुरुमा पञ्जाबी भाषामा लेखेकोमा फेरि त्यसलाई अंग्रेजीमा पनि उल्था गरेका छन् । 

उनले हिन्दी भाषामा ट्विट गर्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आज १४ अगस्टका दिन पाकिस्तानी काश्मीरको विधानसभालाई सम्बोधन गर्ने समेत ट्विट गरेका छन् । (बीबीसी) 


 

More form the Internet

loading...