Suvadin, Home

धुलोमुक्त काठमाडौं बनाउने विद्यासुन्दर शाक्यको निर्णय

काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले पनि सो काममा समन्वय गर्ने छ। जनप्रतिनिधिको मुख्य नाराका रुपमा रहेको धुलोमुक्त काठमाडौं अभियानलाई प्राथमिकतामा राखिएको प्रमुख शाक्यले जानकारी दिएका छन्।

काठमाडाैं, मंसिर २० – काठमाडौं महानगरपालिकाले यही मंसिर २९ गते मनाउन लागेको आफ्नो २३ औँ वार्षिकोत्सवका अवसरमा धुलोमुक्त काठमाडौं बनाउने कामलाई प्राथमिकतामा राखेको छ। 

काठमाडाैं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा बसेको बैठकले मंसिर २७ र २८ गते काठमाडौंका सडकलाई सफा बनाउने अभियानका साथ धुलो उठाउने निर्णय गरिसकेको छ।

काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले पनि सो काममा समन्वय गर्ने छ। जनप्रतिनिधिको मुख्य नाराका रुपमा रहेको धुलोमुक्त काठमाडौं अभियानलाई प्राथमिकतामा राखिएको प्रमुख शाक्यले जानकारी दिएका छन्। 

'काठमाडौं उपत्यकाको मुख्य समस्याका रुपमा रहेको धुलो व्यपस्थापनको काम नै ठूलो चुनौती हो, यससँगै सडकका खाल्डाखुल्डी पुर्ने काम पनि मुख्यरुपमा नै रहेको छ', शाक्यले भने।

तत्कालीन काठमाडौं महानगरपालिकालाई २०५२ साल मंसिर २९ गते काठमाडौं महानगरपालिका घोषणा गरिएको थियो। वार्षिकोत्सवका अवसरमा वसन्तपुरबाट हरिभवन (बागदरबार) सम्म झाँकीसहित प्रभातफेरी, उत्कृष्ट करदातालार्इ सम्मान, सफाइ अभियानकर्मी सम्मान, उत्कृष्ट कर्मचारी सम्मानलगायत कार्यक्रम गरिने जनाइएको छ।


 

More form the Internet

loading...