Suvadin, Home

हाेलीमा विशेष सुरक्षा
राजधानीका १ सय ६१ जना गुण्डा प्रहरीको विशेष निगरानीमा

नजिकिँदै गरेको होली पर्वलाई मध्यनजर गर्दैै महानगरीय प्रहरी परिसरले विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। राजधानीमा बिहीबार पत्रकार सम्मेलन गर्दै महानगरीय प्रहरी परिसरले विशेष सुरक्षा योजना सार्वजनिक गरेको हो। 

काठमाडौं, फागुन २६ - नजिकिँदै गरेको होली पर्वलाई मध्यनजर गर्दै महानगरीय प्रहरी परिसरले विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। राजधानीमा बिहीबार पत्रकार सम्मेलन गर्दै महानगरीय प्रहरी परिसरले विशेष सुरक्षा योजना सार्वजनिक गरेको हो। 

होलीको अवसरमा उछृङ्खल गतिविधि हुन नदिन विशेष सुरक्षा व्यवस्था लागू गरिने प्रहरी वरिष्ठ उपरीक्षक छविलाल जोशीले जानकारी दिए। उनका अनुसार होलीको दिन काठमाडौंका एक सय सात स्थानमा पिकेट, स्ट्राइकिङ, रिजर्भ, मोबाइल गस्ती, सिआरभी, संयुक्त चेकिङ ट्राफिकसहितको सुरक्षा कार्यक्रम लागू गर्ने लागिएको हो। होली सांस्कृतिक कार्यक्रम मनाउने ८÷१० स्थानमा  प्रहरी नायब उपरीक्षकसहितको टोली परिचालन गरिने भएको छ।

होलीका दिन डोरी टाँगेर एवम् अन्य कुनै प्रक्रियाबाट चन्दा उठाउने, महिला एवम् पर्यटकसँग अभद्र व्यवहार गर्ने व्यक्तिलाई कानुन बमोजिम नियन्त्रण्मा लिइने उनले जानकारी दिए।
चाडपर्वको नाममा जुवा खेल्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने, अनावश्यक हो–हल्ला गर्ने, जबरजस्ती रङ लगाइदिनेलाई नियन्त्रण्मा लिई कारबाही गरिने जोशीले बताए।

यसअतिरिक्त काठमाडौं जिल्लामा हुने आपराधिक क्रियाकलापमा संलग्न तथा गुण्डागर्दी नियन्त्रण गर्न १ सय ६१ जना गुण्डाहरूलाई विशेष निगरानीमा राखिएको उनले बताए। महानगरीय अपराध महाशाखासँग समन्वय गरेर परिसर मातहातबाट ३० जना पक्राउ गरी कारबाही गरिएको जोशीले बताए।

परिसरले पछिल्लो एक महिनाको गतिविधि पनि सार्वजनिक गरेको छ। एक महिनायता काठमाडौं जिल्लाको विभिन्न स्थानमा जुवा खेल्नेहरूलाई विशेष सुराकीको आधारमा १२ ठाउँबाट ८९ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट १३ लाख,७ हजार,८ सय २५ बरामद गरेको छ। बरामद रकम राजश्वमा बुझाइएको जोशीले बताए। 


 


 

More form the Internet

loading...