Suvadin, Home

'विपन्न विद्यार्थीले पनि विश्वविद्यालयमा अध्ययन गर्न पाउनुपर्छ'

दीक्षित हुनेमा विद्यावारिधिमा २१, दर्शनाचार्य (एमफिल)मा ५१, एमइमा २५, मास्टर इन फार्मेसी, मास्टर इन टेक्नोलोजी एमएस्सीमा ४५, मास्टर इन बिजनेस एडमिनिस्ट्रेशन र इएमबिएमा १ सय ९ तथा एमए र एमइडीमा १ सय २७ जना गरी स्नातकोत्तर तहमा ३ सय ८८ छन्।
काठमाडौं विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह। तस्वीरः पेमा लामा/रासस

काठमाडाैं, २९ मंसिर – काठमाडाैं विश्वविद्यालयको शुक्रबार आयोजित २३ आैँ दीक्षान्त समारोहमा विभिन्न तहका एक हजार ३ सय ४९ विद्यार्थी दीक्षित भएका छन्। दीक्षित हुनेमा विभिन्न ११ देशका २९ विद्यार्थी पनि रहेका छन्।

दीक्षित हुनेमा विद्यावारिधिमा २१, दर्शनाचार्य (एमफिल)मा ५१, एमइमा २५, मास्टर इन फार्मेसी, मास्टर इन टेक्नोलोजी एमएस्सीमा ४५, मास्टर इन बिजनेस एडमिनिस्ट्रेशन र इएमबिएमा १ सय ९ तथा एमए र एमइडीमा १ सय २७ जना गरी स्नातकोत्तर तहमा ३ सय ८८ छन्।

त्यस्तै, बिइमा २ सय २७, बिफार्मेसी, बिएस्सी र बिटेकमा १ सय ८८, बिबिए, बिबिए बीअाइ र बिएचटिएममा ३ सय ५० र अन्य विषयमा स्नातक गरी १ सय ९६ जना स्नातक विद्यार्थी दीक्षित भएका हुन्। 

विश्वविद्यालयबाट हालसम्ममा स्कुल अफ मेडिकल साइन्समा १२ हजार २सय ३६ , स्कुल अफ इञ्जिनीयरिङमा दुई हजार ९ सय २८, स्कुल अफ साइन्सबाट दुई हजार ५ सय ९०, स्कुल अफ एजुकेशनबाट एक हजार ३९, स्कुल अफ आर्टस्बाट दुई हजार ९७ र स्कुल अफ म्यानेजमेन्टबाट चार हजार ९ सय ८३ जना स्नातक दीक्षित गराइसकिएको छ।

हालसम्म २५ हजार ८ सय ७३ जना स्नातक गरेका विद्यार्थी उत्पादन भइसकेका छन्। धुलिखेलमा आयोजित समारोहमा विश्वविद्यालयका सहकुलपति उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठले दीक्षित विद्यार्थी राष्ट्र निर्माणका काममा लाग्ने विश्वास व्यक्त गरेका छन्। 

उपकुलपति प्राध्यापक डा. रामकण्ठ माकजु श्रेष्ठले विपन्न परिवारमा जन्मेका अधिकांश व्यक्तिले कहिल्यै विश्वविद्यालय देख्न पाउने अवस्था नरहेकाले यस्तो अवस्थालाई सरकार र समाजको सहयोग लिएर बदल्नुपर्ने बताएका छन्।


 

More form the Internet

loading...