Suvadin, Home

काभ्रेकाे रोशी गाउँपालिकामा बाेलेराे दुर्घटना
दशैं मनाउन जाने सर्वसाधारण सवार जीप दुर्घटना, ६ जनाकाे मृत्यु

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ स्थित शिखर आम्बोटेको निगालेमा बोलेरो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। बनेपाबाट डाँडापारि जाने क्रममा निगाले पुग्दा बिहान पौने ११ बजे जीप दुर्घटना हुँदा ६ जनाकाे ज्यान गएकाे हाे।
दुर्घटनाग्रस्त बाेलेराे जीप। फाइल तस्वीर

काभ्रे, असोज १० - काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ स्थित शिखर आम्बोटेको निगालेमा बोलेरो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। बनेपाबाट डाँडापारि जाने क्रममा निगाले पुग्दा बिहान पौने ११ बजे जीप दुर्घटना हुँदा ६ जनाकाे ज्यान गएकाे हाे।

बा१४ च ९५५६ नम्बरको बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिएका छन्। मृतकको सनाखत हुन बाँकी रहेका थापाले बताएका छन्।

थापाका अनुसार गाडीमा १७ जना सवार थिए। घटनामा ६ जनाको मृत्यु भएको पुष्टि गर्दै थापाले ११ जना घाइतेको उद्दारका लागि घटनास्थलमा हेलिकप्टर पुगिसकेको जनाएका छन्।

काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारि सडक सञ्जालले जोड्न नसकिरहेका क्षेत्रमा सडक पुगेको ठाउँसम्मका लागि दशैँंमा घर जाने सर्वसाधारणले गाडी रिजर्भमा लगेको बुझिएको छ। घाइतेलाई उपचारका लागि काठमाडौंमा लाने तयारी भइरहेको प्रहरीले जनाएको छ। 


 

More form the Internet

loading...