Suvadin, Home

छुट्टा–छुट्टै सडक दुर्घटनामा ४० जनाको मृत्यु

केन्या र मेक्सिकोमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा ४० जनाको मृत्यु भएको छ। एएफपी समाचार संस्थाका अनुसार केन्यामा भएको दुर्घटनामा ३० जनाको मृत्यु भएको छ। अरु १६ जना घाइते भएका छन्। 
केन्यामा भएकाे सडक दुर्घटना। तस्वीरः शेख माइना/सिन्ह्वा

नैरोबी, १७ पुस – केन्या र मेक्सिकोमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा ४० जनाको मृत्यु भएको छ। एएफपी समाचार संस्थाका अनुसार केन्यामा भएको दुर्घटनामा ३० जनाको मृत्यु भएको छ। अरु १६ जना घाइते भएका छन्। 

केन्याको ग्रामीण सडकमा आइतबार बस र मिनिट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। रिफ्ट भेली ट्राफिक प्रहरी प्रमुख जिरो अर्रोमेले ३० जनाकाे मृत्यु भएकाे पुष्टि गरेका हुन्। उनले स्थानीय समयअनुसार बिहान तीन बजे नाकुरु नजिकै दुर्घटना भएको जानकारी दिएका हुन्। 

घटनास्थलबाट सबै शव निकालिसकिएको छ। घाइतेलाई अस्पतालमा उपचारका लागि भर्ना गरिएको पनि उनले जनाएका छन्।

त्यसैगरी, मेक्सिकोमा तीन वटा सवारी साधन एकै ठाउँमा जुधेर भएकाे दुर्घटनामा कम्तिमा दश जनाको मृत्यु भएको छ। भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किएका हुन्। 

दक्षिणी मेक्सिकोको गुइरो राज्यमा भएको दुर्घटनामा मृत्यु भएकामध्ये पाँच जना अमेरिकाबाट घुम्न आएका पनि परेको अधिकारीले जनाएका छन् । मृत्यु हुने अन्य पाँच जनामा भेनका चालक र उनका सहयोगी रहेका छन्।

परिवारजनसँग घुम्न आएका एक जना १८ वर्ष र अर्का एक जना आठ वर्षका गरी दुई जना बालकले पनि दुर्घटनामा परी ज्यान गुमाएका छन्। घुम्न आएका उनीहरुको गन्तव्य आउन १५ मिनेट अगाडि दुर्घटनामा परेकाे मेक्सिकाेका सरकारी अधिकारीहरुले जनाएका छन्।


 

More form the Internet

loading...