Suvadin, Home

उपभोग्य वस्तुको मूल्य घट्दा सर्वसाधारणलार्इ राहतको महसुस

निर्माण कार्य थालिएको नौ वषपछि जयरामघाट स्थित दूधकोशीमा पक्की पुल बनेपछि जिल्लामा खाना पकाउने ग्यास, चामल, दाल, चिउरा, चिनी, नुन, तेल, दाल, मसला, साबुन लगायतका दैनिक उपभोग्य वस्तुको मूल्य घटाइएको उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुले बताएका छन्। पुल सञ्चालनमा आएपछि २४ थरिका दैनिक उपभोग्य वस्तुको मूल्य प्रतिकिलो रु पाँचदेखि रु १० सम्म घटाइएको छ। मूल्य घटाइएसँगै जिल्लामा १ हजार ७५० रुपैँयामा खरिद बिक्री हुँदै आएको खाना पकाउने एलपी ग्यास अहिले १ हजार ५०० मा पाइने भएको छ।

खोटाङ, मंसिर २० – उद्योग वाणिज्य संघ खोटाङले जिल्लामा सिधा यातायात सञ्चालन भएसँगै जिल्लामा दैनिक उपभोग्य वस्तुको मूल्य घटाएको छ। 

खोटाङ र ओखलढुंगाको सिमानामा रहेको दूधकोशी नदीमा पक्की पुल बनेलगतै सिधा यातायात जोडिएर जिल्लामा दैनिक उपभोग्य वस्तुको मूल्य घटेको हो।

निर्माण कार्य थालिएको नौ वषपछि जयरामघाट स्थित दूधकोशीमा पक्की पुल बनेपछि जिल्लामा खाना पकाउने ग्यास, चामल, दाल, चिउरा, चिनी, नुन, तेल, दाल, मसला, साबुन लगायतका दैनिक उपभोग्य वस्तुको मूल्य घटाइएको उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुले बताएका छन्।

पुल सञ्चालनमा आएपछि २४ थरिका दैनिक उपभोग्य वस्तुको मूल्य प्रतिकिलो रु पाँचदेखि रु १० सम्म घटाइएको छ। मूल्य घटाइएसँगै जिल्लामा १ हजार ७५० रुपैँयामा खरिद बिक्री हुँदै आएको खाना पकाउने एलपी ग्यास अहिले १ हजार ५०० मा पाइने भएको छ।

सिधा यातायात शुरु भएसँगै जिल्लामा दैनिक उपभोग्य वस्तुको मूल्य घटाइएपछि उपभोक्ताले सहजताकाे अनुभुति गरेका छन्। वाणिज्य संघले उल्लेखित उपभोग्य दैनिक वस्तुलाई सोभन्दा बढी मूल्यमा बिक्री वितरण नगर्न जिल्लाका व्यवसायीलाई सचेत गराएको छ।


 

More form the Internet

loading...