Suvadin, Home

चट्याङ लागेर युवकको मृत्यु

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ निवासी १९ वर्षीय यामबहादुर लिम्बू रहेका छन्। उनलाई गएराति वर्षासँगै परेको चट्याङ लागेको थियो।

झापा, फागुन २९ – सोमबार राति झापाको भद्रपुरमा चट्याङ लागेर एक व्यक्तिको मृत्यु भएको छ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ निवासी १९ वर्षीय यामबहादुर लिम्बू रहेका छन्। उनलाई गएराति वर्षासँगै परेको चट्याङ लागेको थियो।

चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए।


 

More form the Internet

loading...