Suvadin, Home

Cover Image

२० दिनपछि सार्वजनिक भए मृत्युको हल्ला फैलाइएका किम जोन उन 

उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन झण्डै २० दिन पछि पहिलो पटक सार्वजनिक भएका छन् ।

एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन झण्डै २० दिन पछि पहिलो पटक सार्वजनिक भएका छन् ।

स्वास्थ्य अवस्था विग्रिएको र गम्भीर अवस्थामा रहनु भएको हल्ला चरिरहेका बेला उनी करिव २० दिनपछि सार्वजनिक भएका हुन् । दक्षिण कोरियाको राज्यद्वारा सञ्चालित योन्हाप समाचार संस्थाका अनुसार उनी यसअघि गत अप्रिल ११ तारिखदेखि सार्वजनिक भएका थिएनन् ।

सरकारी सञ्चार माध्यमले दिएको जानकारी अनुसार उनी दक्षिणी प्योङयाङ प्रान्तको सुन्चोनमा भएको एक कार्यक्रममा सहभागी भएर सार्वजनिक भएका हुन् । समाचार संस्थाका अनुसार शनिबार एउटा रासायनिक मल उद्योगको उद्घाटन कार्यक्रममा किमले रिबन काटेको तस्बिर सार्वजनिक भएको छ ।

कार्यक्रममा किमसँगै उनकी बहिनी किम यो जङ पनि देखिएकी थिइन् ।
 


 

More form the Internet

loading...