Suvadin, Home

हिमपातका कारण बिरामीलाई सदरमुकामसम्म ल्याउन सकस

बडिमालिका नगरपालिका र बूढीनन्दा नगरपालिकाको बीचमा पर्ने पोरखेलेकमा बारम्बार हिउँ जमेपछि सडक अवरुद्ध हुँदा आवतजावत गर्न समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले बताए। हिमपातका कारण बिरामी भएका व्यक्तिलाई सदरमुकाम मार्तडीसम्म ल्याउन सकस भएको छ। एक ठाउँबाट अर्को ठाउँमा जानसमेत नसकेको मार्तडीमा व्यापारी बलवीर गुरुङले बताए।
फाइल फाेटाे

बाजुरा, ११ फागुन – लगातारको हिमपातसँगै वर्षाका कारण एक महीनादेखि मार्तडी–कोल्टी सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको अभाव हुनुका साथै आवतजावतमा समेत निकै समस्या भएको छ। गत माघबाट शुरु भएको हिउँदे वर्षा र हिमपातले मार्तडीदेखि पूर्वीउत्तर क्षेत्रका चार स्थानीय तहसँगै छिमेकी जिल्ला हुम्ला र मुगुका केही स्थानीय तहका जनतालाई समेत समस्या भएको र दैनिक उपभोग्य वस्तुको समेत अभाव हुन थालेको कोल्टीका व्यापारी ब्रतराज उपाध्यायले जानकारी दिए। 

बडिमालिका नगरपालिका र बूढीनन्दा नगरपालिकाको बीचमा पर्ने पोरखेलेकमा बारम्बार हिउँ जमेपछि सडक अवरुद्ध हुँदा आवतजावत गर्न समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले बताए। हिमपातका कारण बिरामी भएका व्यक्तिलाई सदरमुकाम मार्तडीसम्म ल्याउन सकस भएको छ। एक ठाउँबाट अर्को ठाउँमा जानसमेत नसकेको मार्तडीमा व्यापारी बलवीर गुरुङले बताए।

लगातार हिमपात र वर्षाकै कारण मार्तडी–घटमुना सडक पनि फाटफुटबाहेक नियमित यातायात सञ्चालन हुनसकेको छैन। लगातार पानी परेकाले कच्ची सडक हिलाम्मे भएर यातायात सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

माघयता पटक–पटक गरेर सात पटक बढी हिमपात र वर्षा भइसकेको छ। लगातारको हिमपात र वर्षाका कारण जिल्लाको जनजीवन पनि अस्तव्यस्त बनेको छ।


 

More form the Internet

loading...