Suvadin, Home

कोरोना कोषमा आयल निगमको ५० करोड सहयोग

नेपाल आयल निगमले सरकारलाई ५० करोड रुपैयाँ सहयोग गरेको छ ।

काठमाडौं । नेपाल आयल निगमले सरकारलाई ५० करोड रुपैयाँ सहयोग गरेको छ ।

नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आयल निगमले ५० करोड रुपैयाँ जम्मा गरेको हो ।

बुधबार बसेको निगमको सञ्चालक समितिको बैठकले सरकारी कोषमा ५० करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको थियो ।

निगमले ५० करोड रुपैयाँको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गरेको जनाएको छ ।


 

More form the Internet

loading...