Suvadin, Home

Cover Image

कोरोना संक्रमणबाट स्पेनमा एकैदिन ८६४ ले गुमाए ज्यान

स्पेनमा कोरोनाभाइरसको संक्रमणबाट एकै दिनमा ८ सय ६४ जनाले ज्यान गुमाएका छन् । कोरोनाबाट स्पेनमा एकै दिन मृत्यु हुने व्यक्तिको सङ्ख्या यो सबभन्दा बढी भएको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।

एजेन्सी । स्पेनमा कोरोनाभाइरसको संक्रमणबाट एकै दिनमा ८ सय ६४ जनाले ज्यान गुमाएका छन् । कोरोनाबाट स्पेनमा एकै दिन मृत्यु हुने व्यक्तिको सङ्ख्या यो सबभन्दा बढी भएको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।
 
स्पेनमा १ लाख ४ हजार ११८ कुल सङ्क्रमित भएका छन् भने, नौ हजार ३८७ को मृत्यु भएको छ । यसैबीच २२ हजार ६४७ निको भएर फर्किएका छन् ।  

यसैगरी इटालीमा एक दिनमा ७२७ मृत्यु भएको छ । इटालीमा केही दिनयताको तुलना कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको सङ्ख्यामा केही कमी आएको छ । 

यसैबीच फ्रान्समा पनि एकै दिनमा ५०९ मृत्यु भएको छ । फ्रान्समा पनि कोरोना भाइरसको सङ्क्रमण शुरु भएयताको नै यो सब भन्दा बढी सङ्ख्या हो । युरोपमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ३२ हजार नाघिसकेको छ ।


 

More form the Internet

loading...