Suvadin, Home

Cover Image

अस्ट्रेलियामा कोरोना भाइरसको खोपको परीक्षण सुरु

अस्ट्रेलियाको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठन (सीसीरो) ले कोरोना भाइरस प्रतिरोधी खोप (भ्याक्सिन)को परीक्षण सुरु गरेको छ । 

काठमाण्डौ । अस्ट्रेलियाको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठन (सीसीरो) ले कोरोना भाइरस प्रतिरोधी खोप (भ्याक्सिन)को परीक्षण सुरु गरेको छ । 

सीसीरोले मेलबर्नबाट ७५ किलोमिटर दक्षिणको गीलोङमा रहेको अस्ट्रेलियाली पशु स्वास्थ्य प्रयोगशालामा पहिलो चरणको परीक्षण गरेको घोषणा गरेको हो । 

यो परीक्षण झण्डै तीन महिनामा सम्पन्न हुनेछ । यो भ्याक्सिनको प्रभावकारिता र सुरक्षात्मक स्थितिका बारेमा एक प्रकारको मुसामा परीक्षण गर्न लागिएको सीसीरोले जनाएको छ । 

सीसीरोका प्रमुख कार्यकारी ल्यारी मार्शलले कोरोना भाइरस विरुद्धको अभियानमा यो एउटा कोशेढुंगा हुने विश्वास लिइएको बताउनु भएको छ ।  यस कार्यमा अस्ट्रेलियाली र अन्य देशको अनुभवलाई एकीकृत गरिएको जानकारी दिनुभयो । 

उहाँले मानव स्वास्थ्यका लागि ठूलो चुनौतीका रुपमा देखिएको कोरोना भाइरस विरुद्धको यस अभियानमा आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्नु परेको पनि बताउनुभयो। विश्वमा अहिले ९ लाख ३८ हजार ३ सय ७०मा कोरोना भाइरसको संक्रमण पाइएको छ भने झण्डै दुई लाख उपचार पछि निको भएका छन ।

 यस्तै कोरोनाका कारण ४७ हजार २ सय ८६ जनाको ज्यान गएको छ ।


 

More form the Internet

loading...