Suvadin, Home

स्वास्थ्य मन्‍त्रालय भन्यो- पोखरामा कोरोना पुष्टि भएको छैन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा कसैलाई कोरोना पुष्टि नभएको जनाएको छ ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा कसैलाई कोरोना पुष्टि नभएको जनाएको छ ।

विभिन्न मिडियामा पोखरामा कोरोना पोजेटिभ रिपोर्ट आएको भन्ने खबर बाहिरीएपछि मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. विकास देवकोटाले उक्त कुरा बताएका हुन् । 

प्रवक्ता देवकोटाले सबै प्रदेशमा मेसिन गएको र त्यहाँ परीक्षणको काम सुरु भएको भए पनि ‘भ्यालिडेसन’ आवश्यक पर्ने हुँदा नमुना पुनः परीक्षण गर्नुपर्ने बताए । 

सरकारले टेकुमा मात्र भइरहेको नमुना परीक्षणको दायर बढाएर सातै प्रदेशमा पुर्‍याएको छ ।


 

More form the Internet

loading...