Suvadin, Home

कोरोनाको आशंकामा १२० जना आइसोलेशनमा

कोरोना भाइरसको आशंकामा देशभर १२ सय ७७ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

काठमाडौं । कोरोना भाइरसको आशंकामा देशभर १२ सय ७७ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  उक्त संख्यामा कोरोना परीक्षण गर्दा देशभर अहिले आशंकामा १२० जनालाई आइसोलेशनमा राखिएको छ ।

काठमाडौंमा १५ जना र उपत्यकाबाहिर एक सय पाँच जनाको आइसोलेशनमा राखेर उपचारमा रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । रुघोखोकी, ज्वरो देखिएका बिरामीलाई आइसोलेशनमा राखिएको हो । नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले उक्त कुराको जानकारी गराएका हुन् ।

अहिलेसम्म ६ जनामा कोरोना संक्रमण देखिएकोमा एक जना डिस्चार्ज भइसकेका छन् भने बाँकी पाँच जना उपचारको क्रममा छन् । 


 

More form the Internet

loading...