Suvadin, Home

विश्वभर २ लाख २६ हजार ६ सय ३ जना कोरोना संक्रमित निको भए

कोरोना भाइरसले विश्व आक्रान्त बनिरहेका बेला निको हुनेहरूको संख्या बढ्दो छ । यो समाचार तयार पार्दासम्म विश्वभर १० लाख ९९ हजार ३ सय ८९ जना संक्रमित छन् भने २ लाख २६ हजार ६ सय ३ जना निको भएर घर फर्किसकेका छन् । 

काठमाडौं । कोरोना भाइरसले विश्व आक्रान्त बनिरहेका बेला निको हुनेहरूको संख्या बढ्दो छ । यो समाचार तयार पार्दासम्म विश्वभर १० लाख ९९ हजार ३ सय ८९ जना संक्रमित छन् भने २ लाख २६ हजार ६ सय ३ जना निको भएर घर फर्किसकेका छन् । 

कोरोनाले अहिलेसम्म ५८ हजार ९ सय १ जनाले ज्यान गुमाइसकेका छन् । सबैभन्दा बढी इटलीमा १४ हजार ६८१ जनाले ज्यान गुमाएका छन् । यहाँ एकै दिन ७ सय ६६ जनाले ज्यान गुमाएका छन् भने १ लाख १९ हजार ८२७ जना संक्रमित छन् ।

अमेरिकामा पनि एकै दिन ५ सय १२ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा ६ हजार ५ सय ६२ जनाले हालसम्म ज्यान गुमाएका छन् भने २ लाख ७७ हजार ९५३ जना संक्रमित छन् । यहाँ ९ हजार ८ सय २३ जना निको भएका छन् ।

बेलायतमा एकै दिन ६८४ जनाले ज्यान गुमाएका छन्। युकेमा हालसम्म ३ हजार ६०५ जनाले ज्यान गुमाइसकेका छन् । युकेमा ३८ हजार ६९० जना संक्रमित छन् ।

स्पेनमा एकै दिन ५८७ जनाले ज्यान गुमाएका छन् । यहाँ हालसम्म ११ हजार १९८ जनाले ज्यान गुमाइसकेका छन् । स्पेनमा १ लाख १९ हजार १९९ जना संक्रमित छन् ।

जर्मनीमा ९१ हजार १५९ संक्रमित रहेका छन् । यहाँ १ हजार २७५ जनाले ज्यान गुमाएका छन् । २४ हजार ५७५ जना निको भएका छन् । फ्रान्समा संक्रमित संख्या ६५ हजार २०२ छ भने यहाँ ६ हजार ७ हजाले ज्यान गुमाएका छन् ।


 

More form the Internet

loading...