Suvadin, Home

विश्वभर १२ लाख कट्यो कोरोना संक्रमितको संख्या

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १२ लाखभन्दा बढी पुगेको छ । अमेरिकाको जोन होप्किन्स विश्वविद्यालयले अद्यावधिक गरेको तथ्यांकअनुसार यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १२ लाख ३ हजार ९ सय २३ जना पुगेको छ ।

काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १२ लाखभन्दा बढी पुगेको छ । अमेरिकाको जोन होप्किन्स विश्वविद्यालयले अद्यावधिक गरेको तथ्यांकअनुसार यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १२ लाख ३ हजार ९ सय २३ जना पुगेको छ ।

अहिलेसम्म सबैभन्दा बढी संक्रमित अमेरिकामा भेटिएका छन् । अमेरिकामा ३ लाख १२ हजार २ सय ३७ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

स्पेनमा पनि कोरोना भाइरस संक्रमितको संख्या बढ्दो छ । अहिलेसम्म स्पेनमा १ लाख २६ हजार १ सय ६८ जना कोरोना संक्रमित भएको विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै टलीमा १ लाख २४ हाजर ६ सय ३२ जना संक्रमित छन् भने जर्मनीमा ९६ हजार ९२ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६४ हजार ८ सय ६ पुगेको विश्वविद्यालयको तथ्यांकमा छ । सबैभन्दा बढी इटलीमा १५ हाजर ३ सय ६२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 


 

More form the Internet

loading...