Suvadin, Home
कोरोना भाइरस (कोभिड १९) को आशंकामा मंगलबारसम्म १ हजार ७ सय ९६ जनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को आशंकामा मंगलबारसम्म १ हजार ७ सय ९६ जनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले उक्त कुरा जनाएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कुल १ हजार ७ सय ९६ वटा परीक्षणहरू भएको जानकारी दिएका हुन् । उनका अनुसार काठमाडौं बाहिरका ९ वटा ठाउँहरूमा पनि परिक्षण भइरहेको छ ।

परिक्षणको दायरा बढाउने क्रममा कञ्चनपुर र कैलालीमा दुवै प्रक्रियाबाट र्यापिड डाइगोनोस्टिक किट र स्वाबको नमुना परीक्षण दुवै गर्ने हिसाबले नमुना संकलन भइरहेको उनले जानकारी दिए । 

प्रवक्ता देवकोटाका अनुसार हाल देशभर आइसोलेसनमा रहेका बिरामीहरुको संख्या एक सय पुगेको छ भने ९ हजार २ सय २८ जना क्वारेन्टाइनमा छन् । 


 

More form the Internet

loading...