Suvadin, Home

Cover Image

गर्मी बढे पनि कोरोना संक्रमण नघट्‍ने अमेरिकी बैज्ञानिकको भनाई

अमेरिकाका वैज्ञानिकहरूले गर्मी मौसममा पनि कोरोना भाइरसको महामारी नरोकिने बताएका छन् ।

 एजेन्सी । अमेरिकाका वैज्ञानिकहरूले गर्मी मौसममा पनि कोरोना भाइरसको महामारी नरोकिने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गर्मी मौसम लागेसँगै कोरोनाको प्रकोप टरेर जाने दाबी गरेपनि त्यहाँका वैज्ञानिकले गर्मीमा पनि कोरोनाको प्रकोप नरोकिने बताएका हुन् ।

नेसनल एकेडेमी अफ साइन्सेस कमिटीले अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसलाई एक पत्र लेख्दै कोरोना भाइरस गर्मी मौसममा नहराउने बताएका हुन् ।

पत्रमा जाडो मौसममा जस्तै गर्मी मौसममा पनि कोरोना भाइरस सक्रिय हुने कुरा उल्लेख गरिएको छ ।

डाक्टर विलियम स्क्याफनरका अनुसार कोरोना भाइरसबाट बच्न शारीरिक दुरी व्यवस्थापन गर्नु र आफ्नो सरसफाइ गर्नु नै सबैभन्दा उत्तम उपाय हो । 


 

More form the Internet

loading...