Suvadin, Home

स्वास्थ्यले भन्यो- स्वास्थ्यकर्मीको तलब कट्टी गरिएको छैन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्न स्वास्थ्यकर्मीको तलब कट्टी नगरिएको बताएको छ ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्न स्वास्थ्यकर्मीको तलब कट्टी नगरिएको बताएको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उक्त कुरा बताएका हुन् ।

गत चैत ११ गतेको मन्त्रिपरिषद बैठकले विभिन्न तहका कर्मचारीले ३ देखि ७ दिनसम्मको तलब कट्टी गरेर कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा राख्ने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब कट्टी गर्ने निर्देशन जारी नगरेको जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६३० जनाको कोरोना परीक्षण भएको जनाइएको छ । मन्त्रालयका अनुसार शुक्रबारसम्म देशभर तीन हजार ५२४ जनाको परीक्षण भइसकेको छ । कुनै पनि नयाँ संक्रमित नथपिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ४०१, काठमाडौं बाहिर २२९ वटा परीक्षण भएका छन् । ल्याबमा परीक्षण भइरहेका नमूनाको संख्या ८ सय भन्दा बढी रहेको मन्त्रालयले जनाएको छ । 


 

More form the Internet

loading...