Suvadin, Home

लकडाउन चाडो हटाउनु घातक हुन सक्ने डब्ल्यूएचओको चेतावनी

कोरोना भाइरसको संक्रमण कम हुन थालेका देशले लकडाउनलगायत प्रतिबन्ध हटाउन तथा खुकुलो पार्न थालेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले महामारी झन् घातक बनेर फर्किन सक्ने चिन्ता व्यक्त गरेको छ ।

एजेन्सी । कोरोना भाइरसको संक्रमण कम हुन थालेका देशले लकडाउनलगायत प्रतिबन्ध हटाउन तथा खुकुलो पार्न थालेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले महामारी झन् घातक बनेर फर्किन सक्ने चिन्ता व्यक्त गरेको छ । एब्ल्यूएचओले हतार गरेर उक्त निर्णय नगर्न आग्रह गरेको हो ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि अपनाइएका प्रतिबन्ध तथा उपाय अहिले नै अन्त्य गर्दा कोरोना संक्रमण पुनरावृत्ति हुन सक्ने उसले चेतावनी दिएको छ ।

जेनेभामा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा डब्ल्यूएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले उक्त चेतावनी दिएका हुन् । प्रतिबन्धका कारण आर्थिक समस्या वा संकट आउने भए पनि त्यसले मानव जीवनको भने रक्षा गर्ने उनले बताएका थिए ।

संक्रमण कम हुँदै गएको चीनले लकडाउन खोल्ने तथा प्रतिबन्ध केही खुकुलो बनाउने काम गरिरहेको छ । यस्तै कोरोनाका कारण विश्वमै सबैभन्दा बढी प्रभावित देश इटाली र स्पेनले पनि केही प्रतिबन्ध खुकुलो पारेका छन् । केही देशले प्रतिवन्ध खुकुलो पारेसँगै डब्ल्यूएचओको उक्त चेतावनी आएको हो ।


 

More form the Internet

loading...