Suvadin, Home

रौतहटमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

रौतहटमा एकजना व्यक्तिमा कोरोना संक्रमण भेटिएको छ । रौतहटको क्वारेण्टाइनमा रहेका १९ वर्षिय पुरुषमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

काठमाडौं । रौतहटमा एकजना व्यक्तिमा कोरोना संक्रमण भेटिएको छ । रौतहटको क्वारेण्टाइनमा रहेका १९ वर्षिय पुरुषमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

उनले आज रौतहट र कैलालीमा एक/एक गरी एकै दिन दुई जनामा कोरोनामा भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।

आज बिहान मात्रै कैलालीको लम्कीचुहा नगरपालिका- १ की ६० बर्षीया महिलामा संक्रमण देखिएको थियो । उनी पर्साको वीरगञ्जबाट कैलाली पुगेको खुलेको छ ।


 

More form the Internet

loading...