Suvadin, Home

अमेरिकामा कोरोनाको संक्रमणबाट एकैदिन २४ सय बढीले गुमाए ज्यान

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट  बिहीबार दिउँसोसम्म मृत्यु हुनेको संख्या एक लाख ३४ हजार नाघेको छ ।  ति मध्ये सबैभन्दा बढी अमेरिकाका मान्छेको ज्यान गएको छ ।

एजेन्सी । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट  बिहीबार दिउँसोसम्म मृत्यु हुनेको संख्या एक लाख ३४ हजार नाघेको छ ।  ति मध्ये सबैभन्दा बढी अमेरिकाका मान्छेको ज्यान गएको छ ।

विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या निकै बढेको छ ।

अमेरिकामा ६ लाख ४४ हजार भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् भने २८ हजार भन्दा बढीको मृत्यु भएको छ । गत चौबीस घण्टामा अमेरिकामा दुई हजार ४८२ जनाको मृत्यु भएको थियो । 

दोस्रो र तेस्रो स्थानमा इटाली र स्पेन रहेका छन् । इटालीमा २१ हजार भन्दाबढीको ज्यान गएको छ, भने संक्रमितको एक लाख ६५ हजार नाघेको छ । स्पेनमा भने १८ हजार ५०० भन्दा बढीको मृत्यु भएको छ । संक्रमितको संख्या एक लाख ८० हजार नाघेको छ ।  


 

More form the Internet

loading...