Suvadin, Home

धनगढीको प्रयोगशालामा परीक्षण गरिएका रुकुम पश्चिमका दुई जनामा कोरोना पोजेटिभ

धनगढीका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतबाट ल्याईएको ९९ वटा थ्रोट स्वाबको नमूना परीक्षण गर्दा दुई जनामा कोरोनाको संक्रमण देखिएको हो ।

धनगढी । धनगढीका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतबाट ल्याईएको ९९ वटा थ्रोट स्वाबको नमूना परीक्षण गर्दा दुई जनामा कोरोनाको संक्रमण देखिएको हो ।

धनगढीस्थित पशुपंक्षी अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटीपीसीर मेसिनमा परीक्षण गर्दा दुई जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको हो । संघीय सरकारले मेसिन पठाएपछि हालै धनगढीस्थित पशुपंक्षी अन्वेषण प्रयोगशालामा आरटीपीसीर मेसिन जडान गरिएको थियो ।

कोरोना पोजेटिभ देखिएका उनीहरु दुबै जना रुकुम पश्चिमका हुन् । दुबै जना भारतबाट आएका हुन् । 

धनगढीको प्रयोगशालामा रिपोर्ट पोजेटिभ देखाएपछि उनीहरूको थ्रोट स्वाब पुनः परीक्षणका लागि काठमाडौं पठाइएको बताइएको छ ।


 

More form the Internet

loading...