Suvadin, Home

भारतमा कोरोना संक्रमितको संख्या १२ हजार नाघ्यो, ४ सयभन्दा बढीको मृत्यु

भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरू दिनहुँ जसो थपिइरहेका छन् । भारतमा गएको २४ घण्टायता ९ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् ।

एजेन्सी । भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरू दिनहुँ जसो थपिइरहेका छन् । भारतमा गएको २४ घण्टायता ९ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बिहीबार बिहानको तथ्यांकअनुसार भारतमा संक्रमितहरूको संख्या १२ हजार ३८० जना पुगेको छ । 

भारतमा देखिएका यी संक्रमितहरुमध्ये १ हजार ४८९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ १० हजार ४७७ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घन्टा यता मृत्यु हुनेको संख्या ३७ रहेको पाइएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ४१४ पुगेको छ ।


 

More form the Internet

loading...