Suvadin, Home

कोरोनासँग लड्‍न भारतलाई अमेरिकाले दियो ५९ लाख डलर

अमेरिकाले कोरोना भाइरस महामारीविरुद्ध लड्न भारतलाई ५९ लाख अमेरिकी डलर सहयोग प्रदान गरेको छ ।

एजेन्सी । अमेरिकाले कोरोना भाइरस महामारीविरुद्ध लड्न भारतलाई ५९ लाख अमेरिकी डलर सहयोग प्रदान गरेको छ ।

अमेरिकाले उपलब्ध गराएको उक्त सहयोग संक्रमितको हेरचाह, संक्रमितको परिक्षण तथा समुदायलाई सचेत गराउने कार्यक्रमहरूमा उपयोगी हुने बताइएको छ ।

अमेरिकाले पछिल्ला २० वर्षमा भारतलाई २ दशमलब ८ बिलियन डलर सहायत उपलब्ध गराएको छ । जसमध्ये कम्तिमा १.४ बिलियन डलर स्वास्थ्य क्षेत्रका लागि रहेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।


 

More form the Internet

loading...