Suvadin, Home

फ्रान्सबाट आएकी युवतीले कोरोनालाई जितेर घर फर्किइन्

कोरोनाबाट संक्रमित बनेकी १९ वर्षीया एक युवती उपचारपछि निको भएर घर फर्किएकी छिन् ।

काठमाडौं । कोरोनाबाट संक्रमित बनेकी १९ वर्षीया एक युवती उपचारपछि निको भएर घर फर्किएकी छिन् ।

नेपालकी दोस्रो कोरोना संक्रमित युवती कोरोना उपचारपछि निको भई घर फर्किएकी हुन् । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी ती युवतीमा कोरोनाको संक्रमण देखिएपछि चैत ९ गते  टेकु अस्पतालमा गर्ना गरिएको थियो ।

उनी २७ दिनको उपचारपछि निको भएर शनिवार घर फर्किएकी हुन् । उनी उपचारपछि शनिवार घर फर्किएको मन्त्री भानुभक्त ढकालका प्रेस विज्ञ माधव तिवारीले जानकारी गराएका हुन् ।


 

More form the Internet

loading...