Suvadin, Home

देशभर २७ हजार बढीको कोरोना परिक्षण गर्दा २५४ जना ‘रेड जोन’मा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर २७ हजार बढीको कोरोनाको जाँच गरिएको जनाएको छ ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर २७ हजार बढीको कोरोनाको जाँच गरिएको जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पिसिआर परीक्षणबाट आठ हजार १७ र आरडीटी किट परीक्षणबाट १९ हजार ४ सय ५४ जनाको नमुनाको परिक्षण गरिएको जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा चारहजार ५३६ व्यक्ति छन् भने आइसोलेसनमा ११७ जना छन्।

मन्त्रालयले अहिलेसम्म स्वास्थ्य परिक्षण गरिएका मध्ये २५४ जनालाई ‘रेड जोन’मा राखेको जनाएको छ । 


 

More form the Internet

loading...