Suvadin, Home

विश्वभरका ६ लाख बढी संक्रमितले जिते कोरोना भाइरसलाई 

विश्वभर कोरोना भाइरसका ६ लाखभन्दा बढी संक्रमितले भाइरसलाई जितेका छन् । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म विश्वभर ६ लाख १६ हजार एक सय ९३ संक्रमित निको भएर घर फर्किएका छन् ।

काठमाडौं । विश्वभर कोरोना भाइरसका ६ लाखभन्दा बढी संक्रमितले भाइरसलाई जितेका छन् । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म विश्वभर ६ लाख १६ हजार एक सय ९३ संक्रमित निको भएर घर फर्किएका छन् ।

वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार हुनेमा सबैभन्दा अगाडि जर्मनी छ । जर्मनीमा हालसम्म ८८ हजार जना संक्रमित उपचारपछि निको भइसकेका छन् । 
यस्तै चीनमा ७७ हजारभन्दा धेरै मानिसहरू निको भएर घर फर्किएका छन् । अमेरिकामा पनि ७१ हजार ३ जना संक्रमित निको भएका छन् ।

स्पेनमा हालसम्म ७७ हजार ३ सय ५७ जना कोरोना भाइरसका संक्रमितहरु उपचारपछि निको भएका छन्। इटालीमा यो संख्या ४७ हजार ५५ रहेको छ। फ्रान्समा ३६ हजार ५ सय ७८ जना निको भएका छन्।

टर्कीमा हालसम्म ११ हजार ९ सय ७६ जना उपचारपछि निको भएका छन् । अहिलेसम्म विश्वभर समग्र संक्रमितको संख्या भने २४ लाख दुई हजार नाघेको छ । 

अमेरिकामा सबैभन्दा बढी सात लाख ५८ हजारभन्दा बढी मानिसमा यसको संक्रमण देखिएको छ । त्यस्तै स्पेनमा एक लाख ९८ हजारभन्दा बढी संक्रमित देखिएका छन् भने इटालीमा एक लाख ७८ हजारभन्दा धेरै संक्रमित देखिएका छन् ।


 

More form the Internet

loading...