Suvadin, Home

थप दुई नेपालीमा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ४७ पुग्यो

आज नेपालमा थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा  मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दुई नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको बताएका हुन् ।

काठमाडौं । आज नेपालमा थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा  मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दुई नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको बताएका हुन् ।

दुबै जनाको पिसिआर विधिबाट गरिएको परीक्षणमा कोभिड-१९ पोजिटिभ पाइएको हो । आज पुष्टि भएका संक्रमित दुई जनामध्ये एक जना उदयपुरकी ५५ वर्षीय महिला र जनकपुरका १४ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ ।


 

More form the Internet

loading...