Suvadin, Home

भोजपुरमा पनि भेटिए कोरोना संक्रमित

उदयपुरसँग सिमाना जोडिएको भोजपुर जिल्लामा पनि एक जनामा कोरोना भाइरस फेला परेको छ । 

काठमाडौं । उदयपुरसँग सिमाना जोडिएको भोजपुर जिल्लामा पनि एक जनामा कोरोना भाइरस फेला परेको छ । 

भोजपुरको हतुवागढी गाउँपालिकाका एकजना २६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।  उनी वैदेशिक रोजगारीबाट नेपाल आएको बताइएको छ । 

योसँगै नेपालमा संक्रमितको संख्या ४८ पुगेको छ । ती युवकलाई र्‍यापिड टेस्टमा कोरोना देखिएपछि स्वाब परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा लगिएको थियो । त्यहाँ पनि उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।


 

More form the Internet

loading...