Suvadin, Home

भारतमा खुकुलो पारियो लकडाउन, सर्तसहित खुल्ने छन् पसल

कोरोना भाइरस रोकथामका लागि एक महिनादेखि लकडाउन रहेको भारतले अब लकडाउनलाई केही खुकुलो गर्ने नीति लिएको छ ।

एजेन्सी  । कोरोना भाइरस रोकथामका लागि एक महिनादेखि लकडाउन रहेको भारतले अब लकडाउनलाई केही खुकुलो गर्ने नीति लिएको छ ।

केन्द्र सरकारले विस्तारै लकडाउनलाई खुकुलो बनाउँदै लैजाने बताएको हो । गृह मन्त्रालयले शुक्रबार मध्यराति एक आदेश जारी गरेर शनिबारदेखि सबै राज्य र केन्द्र शासित प्रदेशमा दर्ता भएका पसललाई शर्तसहित खोल्ने अनुमति दिएको हो । 

यो छुट जुन नगर निगम र नगरपालिको सीमामा आउँदैनन् ती पसललाई मात्र दिएको बताइएको छ । शहरी क्षेत्रमा सपिङ मल र कम्प्लेक्स खुल्ने छैनन् । तर नगर निगम र नगरपालिकाको सीमामा आउने  बस्ती क्षेत्र नजिकका सबै दोकान खुल्नेछन् । 

गृह मन्त्रालयले आफ्नो आदेशमा केही शर्त पनि राखेको छ । यस अनुसा सबै पसल सम्बन्धित राज्य/केन्द्र शासित प्रदेशको स्थापना अधिनियम अनुसार दर्ता भएको हुनुपर्नेछ । यी पसलमा अधिकतम ५० प्रतिशत कर्मचारीलाई मात्रै काम गर्न अनुमति मिल्नेछ । 

अब भारतमा दूध, फलफूल, खाद्यान्‍न जस्ता आवश्यक सामानका अलावा अन्य सामानका दोकान पनि खुल्नेछन् । सरकारले पसल खोले पनि सामाजिक दूरी पालना गर्नुपर्ने जनाएको छ ।  सबैले मास्क लाउनुपर्नेछ ।


 

More form the Internet

loading...