Suvadin, Home

वीरगन्जमा देखिएका दुई कोरोना संक्रमित नारायणी अस्पतालमा भर्ना

वीरगन्जमा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगन्ज महानगर वडा नम्बर २ र ३ का दुई पुरुषमा पिसिआर परीक्षणका क्रममा पोजिटिभ देखिएको पछि नारायणी अस्पताल भर्ना गरिएको छ ।

पर्सा । वीरगन्जमा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगन्ज महानगर वडा नम्बर २ र ३ का दुई पुरुषमा पिसिआर परीक्षणका क्रममा पोजिटिभ देखिएको पछि नारायणी अस्पताल भर्ना गरिएको छ ।

उनीहरू चैत ३० मा वीरगन्जमा फेला परेका ३ जना भारतीय ‘जमाती’को सम्पर्कमा रहेका मध्ये रहेको बताइएको छ । 

कोरोना संक्रमण देखिएका  भारतीयसँगको सम्पर्क भएको हुन सक्ने आशंकामा वीरगन्ज १, २ र ३ का १ सय ४६ जना र वीरगन्ज सिद्धार्थ माविमा क्वारेन्टाइनमा रहेका सहित १ सय ८० जनाको स्वाब परीक्षण गर्न पठाइएको थियो । जसमध्ये दुई जनामामा कोरोना संक्रमण पोजेटिभ पाइएको हो ।

नारायणी अस्पतालमा उपचार गराइरहेका ३ भारतीय जमातीलाई भने केहीबेरमा डिस्चार्ज गर्ने तयारी अस्पतालले गरिरहेको जनाएको छ । 


 

More form the Internet

loading...