Suvadin, Home

कोरोना जितेका बेलायती प्रधानमन्त्री सोमबारदेखि नियमित काममा फर्कने

कोरोना भाइरसलाई जितेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सोमबारदेखि नियमित काममा फर्कने भएका छन् ।

एजेन्सी । कोरोना भाइरसलाई जितेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सोमबारदेखि नियमित काममा फर्कने भएका छन् ।

लण्डनस्थित सेन्ट टमस अस्पतालमा उपचार गरेर केही समयको आरामपछि उनी पूर्ण रुपमा स्वस्थ भएका छन् । उनले मन्त्रिपरिषद्का आफ्ना सहकर्मीहरूलाई सोमबारदेखि सामान्य अवस्थामा झैं काम गर्न थाल्ने बताए ।

प्रधानमन्त्री जोन्सनले चिकित्सकहरूको सल्लाह अनुसार नै आफूले नियमित काम गर्न तयारी गरेको पनि जानकारी दिए । प्रधानमन्त्री जोन्सनले यसअघि अस्पतालको सघन कक्षमा तीन रात बिताएका थिए । त्यसपछि एक हप्ता सामान्य शैयामा बसेका थिए ।

सघन कक्षबाट बाहिरिएपछि उनले विभिन्न माध्यमबाट अति आवश्यक पर्ने व्यक्तिहरूलाई भेट्ने, कुराकानी गर्ने, छलफल गर्नेलगायतका क्रियाकलाप गर्दै आएका थिए । प्रधानमन्त्री अस्वस्थ भएर अस्पतालमा रहेका बेला उनको अनुपस्थितिमा अधिकांश काम विदेशमन्त्री डोमिनिक राबले गर्दै आएका थिए ।


 

More form the Internet

loading...