Suvadin, Home

कोरोना उद्‍गमस्थल वुहानमा अन्तिम संक्रमित अस्पतालबाट डिस्चार्ज

कोरोनाको उद्‍गमस्थल चीनको वुहान अन्तिम व्याच कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन्। अहिलेसम्म भेटिएका सबै कोरोना संक्रमित निको भएर घर फर्किएसँगै वुहानमा संक्रमितको संख्या सून्यमा झरेको छ ।

एजेन्सी । कोरोनाको उद्‍गमस्थल चीनको वुहान अन्तिम व्याच कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन्। अहिलेसम्म भेटिएका सबै कोरोना संक्रमित निको भएर घर फर्किएसँगै वुहानमा संक्रमितको संख्या सून्यमा झरेको छ ।

चीनको स्वास्थ्य अधिकारीहरूले यसलाई कोभिड-१९ विरुद्धको अभियानमा कोषेढुंगा भएको बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मि फङले वुहानका अस्पतालमा वुहानका अस्पतालमा संक्रमितहरुको संख्या सून्यमा झरेको बताएका हुन्।

शुक्रवार संक्रमितहरुको अन्तिम व्याच अस्पतालबाट डिस्चार्ज गरिएको उनले जानकारी दिए । वुहान विश्व विद्यालयका चोङनान अस्पतालका आइसीयुका निर्देशक फङ जियोङले यी संक्रमितको उपचार अन्य संक्रमितको उपचार भन्दा कठिन भएको बताएका थिए।


 

More form the Internet

loading...