Suvadin, Home

Cover Image

नेपालमा थप चार जना कोरोना संक्रमित निको भएर घर फर्किए

नेपालमा थप चार जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् । 

काठमाडौं । नेपालमा थप चार जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् । 

अस्पतालले उनीहरूलाई आइतबार डिस्चार्ज गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

डिस्चार्ज हुनेहरूमा छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका १९ वर्षीय एक युवक रहेका छन् । यो सहित नेपालमा उपचारपछि निको भएर डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ ।


 

More form the Internet

loading...