Suvadin, Home

पश्चिम बंगालमा कोरोनाभाइरसका कारण चिकित्सको मृत्यु

कोरोना भाइरसका कारण भारतको पश्चिम बंगालमा एक चिकित्सकको मृत्यु भएको छ ।

एजेन्सी । कोरोना भाइरसका कारण भारतको पश्चिम बंगालमा एक चिकित्सकको मृत्यु भएको छ । पश्चिम बंगालका वरिष्ठ चिकित्सक तथा पश्चिम बंगाल हेल्थ सर्भिसेजका सहायक निर्देशक डा. विप्लब कान्ति दासगुप्ताको कोरोनाका कारण निधन भएको हो ।

उनको कोलकातामा रहेको एक अस्पतालमा निधन भएको हो । उनी भारतका चर्चित चिकित्सकमध्ये एक हुन् । 

६० वर्षका डा. दासगुप्ताको निधनप्रति पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले गहिरो शोक प्रकट गरेकी छिन् ।


 

More form the Internet

loading...