Suvadin, Home

Cover Image

ओलानीमा लगडाउनलाई थप प्रभावकारी बनाउन ओलाली काठमाडौं सेवा समाजको सुझाव

गोदावरी नगरपालिकास्थित ओलानी वडानम्बर १०, ११ र १२ वडामा कोही समस्यामा परे ओलाली काठमाडौं सेवा समाजले सहयोग गर्न जनप्रतिनिधिलाई अपिल गरेको छ ।

काठमाडौं । गोदावरी नगरपालिकास्थित ओलानी वडानम्बर १०, ११ र १२ वडामा कोही समस्यामा परे ओलाली काठमाडौं सेवा समाजले सहयोग गर्न जनप्रतिनिधिलाई अपिल गरेको छ ।

समाजले आफ्नो क्षेत्रका तीन वडाका अध्यक्षहरूलाई ९ बुँदे सझावसमेत दिएको छ । समाजले विरामीलाई सहयोग गर्ने, राहत विरतण प्रभावकारी बनाउने, रक्सी बन्द गर्न कडा नियम बनाउने लगायतका ९ सुझाव दिएको हो ।

यस्ता छन् समाजले दिएका सुझाव

१. ओलानी कोरोना नियन्त्रण समिती बनाउने ।
२. कोही कतै बिरामी भएर एम्बुलेन्स उपलब्ध नभए अन्य विकल्प अपनाइ तुरुन्त अस्पताल पुर्‍याउने वातावरण बनाउने ।
३. लोकल मेडिकल लाई पिपिई उपलब्ध गराइ प्रोत्साहन गर्ने । यो काम भइरहेको भए पनि थप प्रभावकारी र सहज बनाउने ।
४. प्रहरीको संख्या थप गरि लकडाउनलाई कडाइ गर्ने ।
५. रक्सी बन्द गर्न कडा नियम बनाउने ।
६. राहत वितरण प्रभावकारी बनाउने ।
७. भबिश्यमा कोरोना समाजमा फैलिए के गर्ने भन्ने दुरगामी रणनीति बनाउने ।
८. आफ्नो टोल आफै सुरक्षित राखौं अभियान ल्याउने ।
९. ब्यापारीले सधै विहान ४ बजे बजार जाने र समान ल्याउने गरेले यसको उचित व्यवस्थापन गर्ने ।


 

More form the Internet

loading...