Suvadin, Home

Cover Image

जर्मनीमा मास्क नलगाए १६० डलर जरिवाना

जर्मनी माक्स लगाउन अनिवार्य गरिएको छ । देशमा कोरोना भाइरसको संक्रमण फैलन नदिन मास्क लगाउन अनिवार्य गरिएको हो ।

बर्लिन । जर्मनी माक्स लगाउन अनिवार्य गरिएको छ । देशमा कोरोना भाइरसको संक्रमण फैलन नदिन मास्क लगाउन अनिवार्य गरिएको हो ।

लकडाउन खुकुलो बनाइदै लगिएपछि मानिसहरू बाहिर निस्किँदा संक्रमण फैलिन सक्ने भन्दै त्यहाँको सरकारले सार्वजनिक यातायात र पसलहरूमा जाँदा अनिवार्य माक्स लगाउनु पर्ने निर्ण गरेको हो ।

जर्मनीका १६ राज्यहरूले यसलाई फरक फरक ढंगले लागु गरेका छन् । सबैभन्दा बढी बाभारिया राज्यमा यसलाई कडा नियम लागु गरिएको छ भने बर्लिनमा पसलेलाई मास्क लगाउन अनिवार्य गरिएको छैन।

जर्मनीमा हाल मास्क लगाउन विद्यालयमासमेत अनिवार्य बनाइएको छ। कक्षाकोठामा यसलाई अनिवार्य नगराइए पनि खाली समयमा विद्यालय भित्र भने अनिवार्य रुपमा लगाउनुपर्ने छ।

कक्षा कोठालाई भने नियमित रुपमा डिसइन्फेक्ट गरिने र विद्यार्थी बस्ने कुर्सीको दुरीलाई बढाइएका कारण मास्क लगाउन अनिवार्य छैन। यहाँ विद्यालय तहको अन्तिम तयारीमा रहेका विद्यार्थीहरु विद्यालय फर्किन थालेका छन्।

वाभारियामा मास्क नलगाउनेलाई १६० डलरसम्म जरिवाना गरिने छ ।


 

More form the Internet

loading...