Suvadin, Home

Cover Image

भरतपुरको कोरोना अस्पतालमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा आज छापा मारेको छ ।

चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा आज छापा मारेको छ ।

अस्पतालका कर्मचारीहरूले अस्पतालका सामग्री चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि अख्तियारले छापा मारेको हो । अहिले उक्त सीसीटीभी फुटेज सामाजिक सञ्जालहरुमा भाइरल भएको छ ।

कोरोना अस्पतालमा आर्थिक अनियमितता भएको समेत अख्तियारको आशंका छ । प्रदेश सरकारले अस्पताल सञ्चालनका लागि एक करोड रुपैयाँ सहयोग गरेको थियो ।


 

More form the Internet

loading...