Suvadin, Home

Cover Image

२४ घण्टामा ११ सय जनाको कोरोना परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि

मंगलबारसम्म ५४ हजार ८ सय २६ जनाको कोरोना परिक्षण गरिएकोमा नेपालमा ५४ जना संक्रमित फेला परेका छन् ।

काठमाडौं । मंगलबारसम्म ५४ हजार ८ सय २६ जनाको कोरोना परिक्षण गरिएकोमा नेपालमा ५४ जना संक्रमित फेला परेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा एक हजार १९३ जनामा कोरोना परिक्षण गरिएकोमा थप दुई जनामा संक्रमित भेटिएका हुन् । मंगलबार रौतहटमा २ जना कोरोना संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार क्वारेन्टाइनमा २२ हजार ९९ जना रहेका छन् । मंगलबारसम्म आइसोलेसनमा १ सय ७ जना छन् । त्यसमध्ये काठमाडौं उपत्यकामा ४ जना छन् । 

अहिलेसम्म १६ जना निको भएर घर फर्किसकेका छन् । 


 

More form the Internet

loading...