Suvadin, Home

Cover Image

नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुग्यो : स्वास्थ्य मन्त्रालय

बुधबार थप तीन जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ जना पुगेको छ ।

काठमाडौं । बुधबार थप तीन जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ जना पुगेको छ ।

स्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अनुसार बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा भएको स्वाब परीक्षणका क्रममा उनीहरूको रिपोर्ट पोजिटिभ आएको हो । 

बुधबार पर्साका ४६ वर्षीय पुरुष र बाराका ४३ र ३१ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो । प्रवक्ता देवकोटाका अनुसार उनीहरू तिनैजना वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमितसँगै दिल्लीबाट फर्किएका थिए । 

संक्रमितमध्ये १६ जना भने निको भएर घर फर्किसकेका छन् । अन्य ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ । जसमध्ये सबैभन्दा धेरै विराटनगरको कोशी अस्पतालमा ३१ जनाको उपचार भइराखेको छ ।


 

More form the Internet

loading...