Suvadin, Home

Cover Image

नेपालगञ्जमा २५ गतेसम्म कर्फ्यु लाउने निर्णय

बाँकेको नेपालगञ्जमा मंगलबारबाट तीन दिनसम्म कर्फ्यु लगाउने निर्णय गरिएको छ । सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलिय बैठकले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मंगलबारदेखि २५ गतेसम्मक र्फ्यु लगाउने निणर्य गरेको हो ।

काठमाडौं । बाँकेको नेपालगञ्जमा मंगलबारबाट तीन दिनसम्म कर्फ्यु लगाउने निर्णय गरिएको छ । सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलिय बैठकले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मंगलबारदेखि २५ गतेसम्मक र्फ्यु लगाउने निणर्य गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काअनुसार बिहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णतः निषेधित क्षेत्र घोषणा गरिएको हो । कर्फ्युको समयमा औषधि पसलबाहेक अन्य व्यवसाय खोल्न पाइने छैन ।

बाँकेमा मात्र १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालसहितको टोलीले कम्तीमा तीन दिन कर्फ्यू लगाउन जिल्ला प्रशासनलाई सुझाव दिएको थियो । 

बराल नेपालगञ्जको अवस्था बुझ्न आज त्यहाँ पुगेका थिए । उनले आजै चिकित्सकहरूलाई भेटेर थप सक्रिय बन्न सुझाव दिएका थिए भने कोरोनाको परिक्षणलाई बढाउनु पर्ने धारणा राखेका थिए ।


 

More form the Internet

loading...